प्रहरी चौकी भुकताङलेलाई २० लाखको जग्गा नि:शुल्क जग्गा प्रदान

 

                  पर्वत । पर्वत जिल्ला भुकताङले गा.बि.स.३ लौसिवोट स्थित तमु समाजको समाज घरमा आयोजित एक कार्यक्रमका बिच भुकताङले ३ निवासी वयोबृद्धा जमुना गुरुङ तथा निजका हाल विदेशमा वसोवास गर्ने पांच छोराहरु खुशीमान गुरुङ,लोकमान गुरुङ,सुरेश गुरुङ,आनन्द गुरुङ, तथा अर्जुन गुरुङले निजहरुको नाममा सोही स्थानमा रहेको ३ रोपनी २ आना १ पैसा ० दाम अन्दाजी २० लाख वरावरको जग्गा प्रहरी चौकी भुकताङलेको भवन निर्माण प्रयोजनार्थ निस्शुल्क रुपमा प्रदान गर्नु भएको छ ।

आज आयोजित उक्त कार्यक्रममा सो जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनाललाई जग्गादाता जमुना गुरुङले हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक शेखर खनालले जग्गादाता आमा, छोराहरु तथा जग्गा प्राप्तिको लागी पहल गर्नु हुने तमु समाज लप्सीवोटका अध्यक्ष कुलविर गुरुङलाई समेत दोसल्ला ओढाई प्रंशसा पत्र समेतवाट सम्मानित गर्नु भयो ।

सो अवसरमा उहाले नेपाल प्रहरीको प्रहरी मेरो साथी अभियानले यस्तै कार्यक्रमहरु मार्फत सार्थकता पाएको वताउदै जग्गादाता दानविर आमा, छोराहरुलाई पर्वत प्रहरीको तर्फवाट मात्र नभई नेपाल प्रहरी संगठनकै तर्फवाट हार्दिक आभार प्रकट गर्नु भयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक शेखर खनालले यो कदम नागरिक प्रहरी सहकार्यको अतुलनिय उदाहरण समेत रहेको वताउदै पर्वत प्रहरीले भविष्यमा समेत निजहरुको सहयोग र सदाशयताको निरन्तरताको अपेक्षा समेत गरेको वताउनु भयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’