गिट्टी बालुृवाको अभावमा तल्लो मोदीको सुरुङ्ग निर्माण कार्य प्रभाबित

p1340198
पर्वत /पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधिन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य प्रभाबित भएको छ ।
आयोजनाको सुरुङ्गमा कंक्रिटीङ्ग गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पुर्णरुपमा प्रभाबित भएको हो। आयोजनाको सुरुङ्ग निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कार्तिक महिना देखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पुरै प्रभाबित भएको छ । ‘सुरुङ्ग खनेपछि त्यसमा बालुवा र गिट्टीको मिश्रणले कंक्रिटीङ्ग गर्नुपर्ने हुन्छ’ कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुब मिश्रले भने ‘बालुवा र गिट्टी नपाउँदा काम नै शुरु गर्न सकेका छैनौ’
कम्पनीका अनुसार अहिले सम्म ४ हजार १९ मिटर सुरुङ्ग मध्ये १ सय ८० मिटर मात्रै खन्न बाँकी छ । खनिएको सबै सुरुङ्गलाई कंक्रिटीङ्ग गर्नुपर्ने हुन्छ । सुरुङ्ग कंक्रिटीङ्ग गर्न ६५ हजार घन मिटर बालुवा तथा १ सय ३० घनमिटर गिट्टी आवश्यक पर्छ । तर पर्वतका क्रसर र वरपरका क्रसरले समेत मागको तुलनामा न्युन संख्यामा पनि आपुर्ति गर्न नसकेको प्रोजेक्ट म्यानेजर मिश्रले बताए । हेम्जाबाट दैनिक १ ट्रिपर बालुवा ल्याएर काम धान्ने काम भएको छ । यस्तै अवस्थामा रहेमा आयोजनाको निर्माण कार्य लम्बिदै जाने र लागत समेत बढेर जाने उनले जानकारी दिए ।p1340191 ‘हामीले अहिले नै कंक्रिटीङ्गको काम थाल्न सकेनौ भने आयोजनाको निर्माण अबधी लम्बिन जान्छ’ उनले भने ‘जलबिद्युत आयोजनाको काम प्रभाबित भएकाले यसलाई सहजीकरणका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ’ । पर्वतका क्रसरले माग अनुसार कहिल्यै पनि निर्माण सामाग्री उपलब्ध गराउन नसकेकोले आयोजना निर्माणका काममा सधै समस्या हुने गरेको मिश्रको भनाई छ । सुरुङ्ग मात्रै होइन आयोजनाको अन्य संरचना निर्माणमा पनि निर्माण सामाग्रीको अभाब भैरहेको छ ।
पर्वतका खोला नालाबाट आवश्यक मात्रामा निर्माण सामाग्री निकाल्न नसक्दा आयोजनामा त्यसको प्रभाब परेको छ । पर्वतमा सञ्चालित क्रसर उद्योग तथा आयोजना को सिभिल निर्माण तर्फको ठेकेदार कम्पनीले राखेको क्रसरले समेत बालुवा र गिट्टी मागको तुलनामा न्युन मात्रामा पनि आपुर्ति गर्न सकेका छैनन । नदीमा स्काभेटर प्रयोग गरि निर्माण सामाग्री निकाल्न कानुनी रुपमा प्रतिबन्ध लागेका कारण आयोजनाका लागि आवश्यक सामाग्री पुर्ति हुन सकेको छैन । ‘मानिसले निकाल्दा यस क्षेत्रमा निर्माण हुने घरहरुका लागि पनि निर्माण सामाग्री पर्याप्त हुँदैन’ दक्षिणकाली क्रसर उद्योगका सञ्चालक बिप्लब हमालले भने ‘मेसिन राखेर निकाल्न दिइएको छैन’ । मानिसले निकाल्दा यस क्षेत्रमा निर्माण भैरहेका जलबिद्युत, राष्ट्रिय गौरबका सडक र बिद्युत प्रसारण लाइन तथा सरकारी भवनहरुका लागि समेत बालुवा र गिट्टी आपुर्ति गर्न नसक्ने उनको भनाई छ।p1460040
जिल्ला बिकास समिति पर्वतका राजस्व शाखाका प्रमुख चन्द्रबहादुर क्षेत्रीले स्काभेटर प्रयोग गरेर नदीबाट ढुंगा बालुवा निकाल्न कानुनी रुपमा नमिल्ने बताए । ‘मानिसले गर्दा आवश्यक मात्रामा नपुगेको हुन सक्छ’ उनले भने ‘मेसिन लगाएर निकाल्न अनुमति दिन सक्ने अवस्था छैन’ तर स्थानियस्तरमा र राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण कार्य प्रभावित नहोस भनेर जिल्ला अनुगमन समितिले भने बिशेष परिस्थितिमा निर्णय गर्न सक्ने क्षेत्रीको भनाई छ । ‘वातावरणीय रुपमा कुनै प्रभाब नपर्ने गरी निकाल्न दिन सकिन्छ’ उनले भने ‘यसका लागि जिल्ला अनुगमन समितिले नै निर्णय गर्नुपर्छ’ जिल्ला अनुगमन समिति प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको हुन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी