लप्सीको जिल्ला पर्वतमा बार्षिक सय टन लप्सी उत्पादन

bayeska-lapsi-bot

सन्तोष थापा,पर्वत/पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो ।
विगत केही बर्ष अघिसम्म पाखाबारीमा झरेर कुहिएर जाने लप्सीलाई ग्रामीण कृषकहरुले व्यवसायिक खेतीका रुपमा अप्नाउन थालेपछि लप्सीको तथ्याङ्क पत्ता लागेको हो । अहिले कृषकहरुले लप्सीलाई प्रशोधन गरी विभिन्न प्रकारका परिकारहरु बनाउने गरेका छन् भने पर्वतको मुडिकुवामा सामुदायिक खाद्य प्रसोधन उद्योग, दुर्लुङ्गमा संचालित झाक्रिसल्ला लप्सी उद्यम, थापाठानामा सञ्चालित सृजनशील लप्सी उद्यमी समुह, तिलाहारमा सञ्चालित बिकासमुलक लप्सी समुह लगायतका समुहमा कृषकहरु आबद्ध भएर लप्सीका परिकारहरु बनाउन थालेका छन् ।
कृषकहरु व्यवसायिक बन्न थालेपछि गत आर्थिक बर्षमा ६० टन लप्सी प्रशोधन गरिएको एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव टंकनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा लप्सी खेती प्रबद्र्धनकै लागि सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले लप्सी प्रसोधन मेसीन औजार उपकरणहरु उपलब्ध गराउँदै आएको छ भने लेवलीङ्ग प्याकेजिङ्गमा अनुदानको साथै बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ । p1360415

चालु आर्थिक बर्षमा जिल्लाको बार्षिक कच्चा लप्सी उत्पादन १ सय ३० टन र ८० टन लप्सी प्रसोधन गरि खाद्य परिकार तयार गर्ने उद्देश्य रहेको कार्यक्रमका सदस्य सचिव पौडेलले बताउनुभयो ।
लप्सी नेपालमा मात्रै पाइने फल हो । पर्वतमा पनि एक नगरपालिका र ४७ गाविस मध्येका ३५ गाविसमा लप्सी खेतीको सम्भावना रहेको पाइन्छ । लप्सीको उपयोगिताबारे खासै जानकारी नपाएका कृषकहरुले लामो समयदेखि काठदाउराको रुपमा प्रयोग गर्दै आएका थिए । अहिले जिल्ला लप्सी खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन भएपछि कृषकहरु व्यवसायिक वन्न थालेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

पर्वतमा उत्पादित लप्सीलाई अहिले प्रसोधन गरेर अहिले जाम, तितौरा, अचार, क्याण्डी, अमिलो, पाउडर लगायतका खाद्य बस्तुहरु निर्माण गर्न थालिएको छ । यसरी तयार पारिएका सामग्रीहरु सदरमुकाम कुश्माबजारमा सञ्चालित घरेलु उत्पादन विक्रि केन्द्र देखि छिमेकी बजार पोखरा र युरोप अमेरिका सम्म पुग्ने गर्दछन् । लप्सी उत्पादक कृषक थानेश्वर भूसालले आफुले बनाएको उत्पादन अमेरिकाबाट पनि माग आउने गरेको बताउनुभयो ।

एक पटक रोपेपछि पाँच वर्षदेखि आम्दानी दिन शुरु गरेको लप्सीले कम्तीमा १००वर्षसम्म नियमित आम्दानी दिने कृषक भूसालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’