के गर्ने नेपालको तीन अर्ब भारु ?

stock-photo-d-stack-piles-of-india-money-269167043काठमाडौँ – भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ ।

नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको छ ।
नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन । पूराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगी सक्दा पनि नेपाल रहेको भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पहल भएको छैन ।
राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले कहिलेस्म्म नेपाली सर्वसाधारणसँग भएको भारु साटिने हो त्यसको कुनै टुंगो नलागेको र राष्ट्र बैंक समेत पर्ख र हेरको अवस्थामा रहेको बताए ।
भारतीय पक्षसँगको कुराकानीमा आगामी जनवरीसम्म यसबारे टुंगो लाग्ने आश्वासन पाएको बताए ।
नेपालस्थित भारतीय दूतावासले भारु सहटीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो ।

उक्त अध्ययन समितिले भारुबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकले बताएको छ ।
भारतल सरकारले पनि नेपालसँगै भुटान तथा अन्य छिमेकी मुलुकमा रहेको भारु रकम के कसरी साट्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो ।

सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइकेको छ । तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेकोछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ