भूकम्पपीडितलाई एकमुष्ट अनुदान नदिन दातृ निकायको दबाव

भूकम्पपीडितलाई एकमुष्ट अनुदान नदिन दातृ निकायको दबाव

 भूकम्पपीडितलाई घर बनाउन सरकारले दिन भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न विभिन्न दातृनिकायले दबाब दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते को बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुईबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

दातृनिकायले आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय लिएको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँमात्र दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न दबाब दिएका छन् ।

बढी दबाब दिनेमा विश्व बैंक अमेरिकी सहयोग नियोग (युएसएड) र जापान सहयोग नियोग (जाइका) छन् । यद्यपि, सरकार भने आफ्नो निर्णयबाट पछि नहट्ने संकेत गरेको छ ।यो समाचार आजको नागरिक दैनिकले छापेकोछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका