दरबार हत्याकाण्ड छानविन गर्ने अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति
पूर्वराजा ज्ञानेन्द्रले मुलुकलाई विभाजनबाट बचाउन सार्वजनिक आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनी दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिप्रति नेपाली कांग्रेसकै नेताहरुले आपत्ति जनाएका छन् ।
पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरीत हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरुले मन्त्रिपरिषद्मा आफ्ना दलका नेता निधिलाई दिएका छन् ।
पार्टीको उद्देश्य र नीतिअनुरुपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई वञ्चित नगर्न पनि उनीहरुले मन्त्री निधिलाई सचेत गराए ।यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकले छापेकोछ ।