माधव नेपाल पत्नीसँग परराष्ट्रले घरमै गएर माफी माग्यो ।

काठमाडौं – परराष्ट्र मन्त्रालयाले पूर्वप्रधानमनत्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरुको कमजोरीको कारण टर्कीमा दुख पाएको भन्दै माफी मागेको  छ ।

नेपाल दम्पती अमेरिकाबाट फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशिल लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् ।

सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरुलाइ दुखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुख व्यक्त गरेका थिए ।

परराष्ट्र मन्त्रालयको हेलचेक्रयाइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुल स्थित अध्यागमनमा २० घण्टा नियन्त्रणमा परेकी थिइन् । ६ महिनाअघि म्याद सकिएको पासपोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुख झेल्नु परेको हो ।यो समाचार आजको अन्नपुर्ण पोष्टले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका