दक्षिण बागलुङ्गको झ्याउरे रत्यौली बजारमा ल्याए संचारकर्मी अखेलीले
बिहान खाको मुसुरी दाल बेल्का खाम्ला माछा मयाले, भोली छुट्ने डरले आजै मन कट्क्कै खाछ मयाले ।।
झट्ट सुन्दा खानाको जोहो गरे जस्तो सुनिने यी शब्दहरु अहिलेको चर्चित झ्याउरे गित मयालेमा समाबेश एक टुक्का हो ।
अडियोमा नै निकै हिट रहेको यो गितको हालै म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संचारकर्मी तथा चर्चित लोक गायक कृष्ण अखेली र लक्ष्मी नेपालीको आवाजमा दमदार रुपमा प्रस्तुत गरिएको गित गाउँले पारामा तयार पारिएको छ ।
बाग्लुङ्ग जिल्लाको छिस्ती गाविसका बिभिन्न पर्यटकिय ठाउँलाई समाबेश गरिएको उक्त गितमा भाका र शब्द भने छिस्तीमा जन्मिएका र अहिले रोजगारीको सिलसिलामा जापानमा रहेका सुवास पौडेलको रहेको छ ।
अहिलेका चर्चित गितकार शिब अखेलीको समायोजन, तारानाथ आचार्यको एरेन्ज र सफल फिल्मसको निर्माणमा तयार पारिएको उक्त म्युजिक भिडियो र गितले श्रोता दर्शकको मन जित्नेमा बिस्वस्त रहेको गायक कृष्ण अखेलीले सुचनाकेन्द्र डटकमलाई बताए ।
अदुवामा किरा लाग्यो पाथी चार भो बेसार मयाले, सधै कोलाई बस नभने भेट्न डाक्या केसार मयाले जस्ता शब्दहरुले भरिएको गितलाई आचार्य डिजीटलले बजार ब्याबस्थापन गरेको छ ।