जनप्रदर्शनमा डेढ लाख उतार्ने एमालेको रणनीति

cpn-umlप्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुस २२ गते राजधानीमा हुने जनप्रदर्शनमा डेढ लाख सहभागी गराउने उद्देश्यसहित प्रचार रणनीति बनाएको छ । केन्द्रीय प्रचार विभागले विभागका सदस्यहरु, जनसंगठनका केन्द्रीय प्रचार विभाग प्रमुखहरु, उपत्यकाभित्रका जिल्ला कमिटीका प्रचार विभाग प्रमुखहरु, सम्पर्क समन्वय कमिटीका प्रचार विभाग प्रमुखहरु र प्रेस चौतारीका पदाधिकारी तथा उपत्यकाभित्रका केन्द्रीय सदस्यहरु सहभागीको बैठक बोलाएर प्रचार रणनीति तयार गरेको हो ।

मुख्य नेताहरुको भिडियो सन्देश बनाई २२ गते सभामा आउन अपिल गर्ने,  डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने, जिंगल बनाउने तथा आन्दोलनको आवश्यकता र औचित्यका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई ब्रिफिङ गर्ने जस्ता रणनीतिक योजना प्रचार विभागले बनाएको छ ।

पुस २२ गते १ बजे रत्नपार्कबाट मुल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुनेछ । सभालाई आन्दोलनरत नौ वटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो