पर्वतको कुस्मामा भिरबाट लडेर मृत्यु

15726706_1796251287304446_8405999306116102813_n
पर्वत जिल्लाको लिमिठाना गाविस–३ का ३० वर्षिय कृष्ण परियारको भिरबाट लडेर मृत्यु भएको छ ।
कुश्मा नगरपालिका–९ भण्डारीटोल नजिकै गुहेखोलाको डिलबाट लडेर उनको मृत्यु भएको हो । झण्डै २ सय मिटर तल खसेर गम्भीर घाईते भएका परियारको उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगेको केहि बेरपछि मृत्यु भएको हो । उनलाई भिरमा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनि सदरमुकाम कुश्माबजारमा मजदुरी काम गर्र्दै आएका थिए ।
आइतवार दिउँसो एक्कासी डिलबाट लडेका उनलाई भिरको बिचबाट सहस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि जिल्ला अस्पतालमा लगिएको केहि बेरपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए ।
अहिले उनको शब पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’