भारतमा सबैभन्दा बढी कमाउने सेलिब्रेटी बन्दै सलमान, शाहरुख खानलाई उछिने
काठमाडौं । हिन्दी फिल्मका सुपरस्टार सलमान खान धेरै कमाउने भारतीय सेलिब्रेटीको सूचीमा पहिलो नम्बरमा परेका छन् । फोब्र्स इन्डियाले निकालेको १०० जनाको सूचीमा खान पहिलो नम्बरमा परेको जी टिभीले जनाएको छ ।
सलमानले २०१६ मा शाहरुख खानलाई पछाडि छाडेका छन् । सलमानको अनुमानित वार्षिक आय करिब २७०.३३ करोड भारतीय रुपैयाँ छ ।
बढी कमाउने सूचीमा विराट कोहली, अभिनेता अक्षय कुमार र एम एस धोनी पनि रहेका छन् । तर, प्रसिद्धिको हिसाबले भने सलमान खान दोस्रो स्थानमा छन् । यसमा उनलाई विराट कोहलीले उछिनेका छन् ।
पत्रिकाले सलमानलाई उनको सफलताको श्रेय ‘प्रेम रतन धन पायो’ र ‘सुल्तान’ लाई दिएको छ । बढी कमाउने सूचको दोस्रो नम्बरमा शाहरुख खान परेका छन् । उनको आम्दानी २२१.७५ करोड भारु देखाइएको छ । विराट १३४.४४ करोड भारुका साथ तेस्रो स्थानमा छन् ।
वार्षिक २०३.०३ करोड भारु आम्दानीका साथ अक्षय कुमार चौथो स्थानमा परेका छन् । यसमा उनको फिल्म ‘एयरलिफ्ट’, ‘रुस्तम’ तथा ‘हाउसफुल ३’ को सफलता तथा विज्ञापनबाट आर्जित भएको कमाइलाई गणना गरिएको बताइएको छ ।
क्रिकेटर महेन्द्र सिंह धोनी १२२.४८ करोड भारुका साथ पाँचौं स्थानमा छन् । यसैगरी अभिनेत्री दीपिका पादुकोण, सचिन तेन्दुलकर, प्रियंका चोपरा, अमिताभ बच्चन तथा ऋतिक रोशनलाई क्रमशः ६ देखि १० नम्बरमा राखिएको छ ।