प्रहरीलाई पहिले गोली, अहिले फूलमाला
गत वर्ष प्रहरी टोली मकवानपुरको नामटार पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, गाली समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । तर अहिले त्यहीं गाउँमा प्रहरी पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरे ।
पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन्। र उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् । पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती र तोरी खेती हुन थालेको छ। अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।
यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए ।
नयाँ पत्रिकाबाट