संसद् बैठक सरेको सर्‍यै

संसद् बैठक सरेको सर्‍यै

संसद् गतिरोध कायमै रहेका वेला प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद ठप्प छ । दलहरूबीच संवाद गराएर सहमति खोज्न सभामुख ओनसरी घर्तीले पहल गर्दै आएकी छिन् । उनले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक सोमबार बोलाएकी छिन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीच ४ पुसयता संवाद भएको छैन ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाहिरका कार्यक्रम र कांग्रेस तथा एमालेका शीर्ष नेताहरू पनि आफ्नै कार्यक्रममा व्यस्त रहेका कारण छलफल भएको छैन । यसअघि ४ पुसमा सभामुख घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक राखेर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी थिइन् ।

शीर्ष नेताहरूले पनि सहमति गरेर संसद् खोल्ने आश्वासन दिएका थिए । तर, यसबीचमा दलहरूले छलफल नगरेपछि घर्तीले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक आह्वान गरेकी हुन् । सभामुख घर्तीले ११ पुसको दिउँसो ३ बजेका लागि संसद् भवन बानेश्वरमा बैठक बोलाएकी छिन् । उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताहरू, संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक आह्वान गरेकी हुन् ।

४ पुसमा प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाई सभामुखले तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी थिइन् । तर, यस अवधिमा प्रमुख दलहरूले सहमतिका लागि पहल नगरेको देखेपछि सभामुख आफैँले पहलकदमी लिँदै पुनः बैठक आह्वान गरेकी हुन् । सभामुख घर्ती सकभर सत्तापक्ष र विपक्षी पार्टीबीचको सहमतिमै संसद्को बैठक सुचारु गर्ने मनस्थितिमा छिन् ।

संसद् बैठक १२ पुसका लागि सारियो

संविधान संशोधनको विषयमा प्रमुख दलहरूबीच सहमति नभएपछि १६ मंसिरयता संसद् बैठक प्रभावित हुँदै आएको छ । पछिल्लोपटक १० पुसका लागि तोकिएको बैठक पनि सारिएको छ । संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले शनिबार १२ पुससम्म संसद् बैठक स्थगित गरिएको सूचना जारी गरेका छन् ।

नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’