प्रतियोगितामा खाली खुट्टा दौडिदै गुडिया

15722590_1359484114076133_283658021_nइटहरी – राष्ट्रकै सबैभन्दा बृहद र महत्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागीता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्धन्दीसँग प्रतिस्पर्धाका लागि मैदानमा आर्लनुपर्यो ।

नवलपरासीकी १६ बर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन ईटहरी रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा आफुँभन्दा दिग्गज प्रतिद्वन्द्वीलाइ टक्कर दिन पूर्वाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्रयाकमा ओर्लिईन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतियोगिताको हिट चरणमा उनी छैटौं भईन् तर उनको खाली खुट्टामा न कुनै खेल पदाधिकारीको आँखा गयो नत खेलसँग सम्बन्धित कुनै नीति निर्माताको नै । छनोट प्रतियोगितामा उनले निर्धारित दुरी पाँच मिनेट १२ सेकेन्डमा पुरा गरेकी थिईन् ।

एथलेटिक्स खेल्न खेलाडीका लागि विशेष प्रकारको ‘स्पाइक सु’ लगाउनुपर्ने हुन्छ तर गुडियासँग ‘स्पाइक सु’ किन्ने पैसा समेत नभएकाले प्रतियोगितामा खाली खुट्टा दौडिएको उनका प्रशिक्षक मनोहर दाहालले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ