पर्वतको सेतिवेणीमा रहेको शालिग्राम माविमा आगजनी

fireसेतीबेणीबजारमा रहेको शालिग्राम माबिमा अज्ञात ब्यक्तिले गएराती आगजनी गरेको छ ।
राती १२ बजेको समयमा बिद्यालयमा आगजनी गरेर भागेको हो ।आगजनीबाट बिद्यालयका महत्वपुर्ण काजगात नष्ट भएका छन । सेतिबेनी बजारमा रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानियले थाहा पाएपछि बिद्यालयमा पुगेको उक्त चोरले नै आगजानी गरेर भागेको बताइएको छ । आगजनी पछि फरार भएको उक्त ब्यक्तिको खोजी भैरहेको छ । आगलागीबाट २०२८ साल देखि २०६० साल सम्मका महत्त्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नस्ट भएको स्थानिय प्रेम भुसालले जानकारी दिए । कार्यालय मा भएको तोडफोड लाई लिएर विद्यालयमा सर्वपक्षीय छलफल भएको छ । घटनाको छानबिन गर्दै घटनामा संलग्न रहेकोलाई कडा भन्दा कडा कार्वाही गर्न विद्यालयले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल