दंगालका असली हिरो अमिर खान की महाबीर
काठमाडौं, ९ पुस– शुक्रवार सिल्भर स्क्रीनमा बलिउड अभिनेता आमिर खानको नयाँ फिल्म दंगल रिलिज भएको छ ।

दंगल फिल्मका असली हिरो रेसलर महावीर फोगाट हुन् जसले सामाजिक विभेदलाई हटाएर आफ्नी छोरीहरुलाई पहलवान बनाएका थिए । दंगल फिल्ममा महावीर फोगाटको भूमिका आमिर खानले निभाएका छन् ।
को हुन् रेसलर महावीर फोगाट ?
हरियाणाको भिवानीको एक सानो गाउँमा महावीरको जन्म भएको थियो । गीता, बबिता, विनेश र रितु नामका उनका चार छोरी छन् ।
उनले चारवटै छोरीलाई पहलवान कला सिकाएका थिए । महावीरको एक छोरा पनि छ । यसबाहेक महावीरले आफ्नो भाइको दुई छोरीलाई पनि पहलवान सिकाएका थिए । उनकी छोरीहरुले पहलवानमा थुप्रै मेडल जितिसकेका छन् ।
महिलालाई शिक्षा दिने निषेध थियो उनको गाउँमा
महावीरलाई आफ्नो छोरीहरु विश्वस्तरीय पहलमान बनुन् भन्ने चाहना थियो । बुबाको यो चाहनालाई उनका छोरीहरुले कडा मेहनत का साथ पूरा गरेकी थिइन् ।

महावीरलाई यो गुण विरासतमा मिलेको थियो । उनको पिता मानसिंह गाउँको कुश्ती पहलमान थिए । उनी १५ बर्षको हुँदा नै रेसलर बनेका थिए । राष्ट्रिय स्तरमा कुश्ती खेलिसकेका महावीरको पत्नीको नाम दया कौर हो ।
उनकी पहिलो छोरीको नाम गीता हो । उनीहरुले छोरीलाई पहलमान बनाउन सोचेका थिए जतिबेला महिलाहरुले कुश्ती खेल्ने कुरा असम्भव प्रायः थियो । तर पनि महावीर दम्पती आफ्नो लक्ष्यमा कहिल्यै विचलित भएनन् ।
पहलमान अखाडा चलाउन लिए कर्जा
महावीरको छोरी गीता अखाडामा जाँदा सर्वसाधारणले खिसीतिउरी गर्थे । सन २०००मा महावीरले आफ्नो छोरीहरुको पहलमान प्रशिक्षणको लागि अखाडा निर्माण गरेका थिए । त्यतिबेला महावीर चार छोरीको बुबा बनिसकेका थिए ।

गाउँको कुश्ती लडाइँमा महावीरको छोरीहरुले जित्न थालेपछि सबैजना आश्चर्यमा परेका थिए । त्यतिबेला महावीरको हिम्मत बढेको थियो तर उनी आर्थिक संकटबाट गुज्रे । किनकी उनको पहलमान छोरीहरुको लागि डाइट र पैसाको जरुरत थियो । पैसाको चरम अभाव भएपछि उनले अखाडा बनाउन ऋण समेत लिनुपरेको थियो ।
उनी बिहान ४ बजे आफ्ना छोरीहरुलाई प्रशिक्षण गराउँथे । समाजका अरु मान्छे उनको यो कार्य देखेर खिसीतिउरी गर्थे । उनको छोरीहरुले कुश्ती खेलेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल जितेकी थिइन् ।

महावीरको पहिलो छोरी गीता फोगाट कमनवेल्थ गेम्स २०१०का गोल्ड मेडलिस्ट हुन् । गीता पहिलो भारतीय महिला हुन् जसले सन २०१२ मा लन्डनमा भएको ओलम्पिक खेलमा सहभागिता जनाएकी थिइन् । गीता अर्जुन अवार्डबाट समेत सम्मानित भइसकेकी छिन् । छोरी बबिता र विनेशले कमन वेल्थ गेम्सको स्वर्णपदक जितिसकेकी छिन् ।