श्रीमतीको हत्यापछि प्रहरीलाई खबर गर्दै बिष पिए श्रीमानले

विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् ।

आज दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

प्रहरीले तत्कालै घटनास्थल पुगेर विष सेवन गरेका थापालाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बुनाको माइती पक्ष आएपछि साँझ मुचुल्का गरेर शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको जानकारी दिएको छ ।

छोरीको विवाह भइसकेको र छोरा अस्टे«लिया रहेको थापा दम्पत्तिबीच घरायसी कारणबाट हत्या र आत्महत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे प्रसाईंले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’