माउण्ट धौलागिरी कृषि सहकारीमा पूनः जोशी
पर्वत/ माउण्ट धौलागिरी कृषि सहकारी संस्था लिमिटेड कुस्माको अध्यक्षमा पूनः हिक्मतप्रसाद जोशी निर्वाचित भएका छन ।
सहकारीको शनिबार सम्पन्न प्रथम अधिबेशन तथा चौथो साधारणसभाबाट जोशी अध्यक्षमा सर्बसम्मत रुपमा निर्वाचित भएका हुन ।
कार्यसमितिको उपाध्यक्षहरुमा राजेन्द्रकुमार श्रेष्ठ र राजु तुलाचन, सचिबमा राजनकुमार जोशी, कोषाध्यक्षमा प्रकाश कर्माचार्य, ऋण उपसमिति संयोजकमा गणेशबहादुर खत्री, लेखा समिति संयोजकमा अर्जुनकुमार चापागाई, सदस्यहरुमा हर्कमान गुरुङ्ग, आशिष जोशी, राजन जोशी, सर्वसम्मत निर्वाचित भएका छन ।
सहकारीले कुस्मा नगरपालिका – ८ अर्मादीमा गाइ फार्म सञ्चालन गर्दै आएको छ ।