धौलागिरिकै ठूला साहित्यिक पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत
पर्वत/पर्वत जिल्लाकै पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले धौलागिरि अञ्चलमा जन्मेका ५ जना सष्ट्राहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
कुश्मामा आयोजित एक समारोहका बिच पर्वत साहित्य सङ्गमले बागलुङका भूपिन खड्का, म्याग्दीका भक्त कार्की, पर्वतका साधना प्रतीक्षा, सदानन्द जैसी अभागी र अमन पौडेललाई पुरस्कृत तथा सम्मानित गरेको हो ।
नेपाली भाषा, साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै युवा साहित्यकार भुपिन खड्का सम्मानित हुनुभएको छ । उहाँलाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो । त्यस्तै मान–पदक साहित्यिक पुरस्कारवाट साहित्यकार भक्त कार्कीलाई सम्मान गरिएको छ । उहाँलाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो । डिल्ली–राधा साहित्यिक पुरस्कारवाट साधना प्रतीक्षा सम्मानित हुनुभएको छ । उहाँलाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो । त्यस्तै नमुना साहित्यिक तथा शिक्षा पुरस्कारवाट अग्रज साहित्यकार सदानन्द जैसी सम्मानित हुनुभएको छ । उहाँलाई नगद ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ । त्यस्तै संस्कृति बाल प्रतिभा पुरस्कारवाट बाल प्रतिभा अमन पौडेल सम्मानित हुनुभएको छ । उहाँलाई नगद ५ हजार सहित कदरपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ ।
सष्ट्राहरुलाई सम्मान गदै कार्यक्रमका प्रमुख अतिथी तथा बरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले नेपाली कला साहित्यको विकासमा राज्यले अग्रणी भुमिका खेल्नुपर्ने बताउनु भयो । साहित्यकारहरु देशका प्रति जिम्मेवार हुनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । नपुंसकजस्ता बुद्धिजीवीले देशलाई रसातलमा पु¥याएको उहाँको गुनासो रहेको थियो । उहाँले कवि तथा साहित्यकारहरुलाई राज्यले उपेक्षा गर्न खोजेको भन्दै साहित्यको माध्यमवाट दवाव दिनुपर्नेमा जोड दिनुभयो । साहित्यकारहरु पनि यो दल र ऊ दलको भनेर चिनिने कुराले नेपाली साहित्यले अपेक्षाकृत उन्नती गर्न नसकेको उहाँको तर्क थियो ।
कार्यक्रममा बरिष्ठ गीतकार तथा साहित्यकार रत्नशम्शेर थापा, साहित्यकार शान्तिनारायण श्रेष्ठ, साहित्यकार भूपिन खड्का, साधना प्रतिक्षा, भक्त कार्की, सदानन्द जैसी अभागी, बाल बैज्ञानिक अमन पौडेल, साहित्यकार सुशिल थकाली, प्राज्ञ प्रेम छोटा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा मान सरगमलगायतका कलाकारले गीत प्रस्तुत गर्नुभएको थियो भने नारायण माविका निवर्तमान प्रअ पृथ्वीनारायण शर्माले कविता सुनाउनु भएको थियो ।
पुरस्कृत स्रष्टाहरुको व्यक्तिगत विवरण क्रमशः भरत बागलुङ्गे, सरस्वती शर्मा, रामप्रसाद सुवेदी, सुभन्तनाथ सुवेदी र खेमराज शर्माले प्रस्तुत गर्नुभएको थियो । पर्वत साहित्य सङगम कुश्मा पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पर्वत साहित्य सङगमका संरक्षक इन्द्रकुमार विकल्प, धन्यवाद मन्तव्य निर्वतमान अध्यक्ष इन्द्रमान खत्री र कार्यक्रमको सञ्चालन पर्वत साहित्य सङगमका सचिव डि.आर शर्माले गर्नुभएको थियो । कार्यक्रममा समर्पण गरिएका सबै पुरस्कारहरुको लागि पर्वत साहित्य सङ्गम अन्तरगत भिन्दाभिन्दै अक्षय कोष स्थापना गरिएको कुरा सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभएको छ ।