साँसदहरु बिक्रीका लागि राखिएका सागसब्जी होइन – केपी ओली

15722466_963032627163304_877391469_nबागलुङ्ग, पौष ९ ÷ नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिक्रीका लागि राखिएको सागसब्जी जस्तो साँसद खरिद गर्ने सपना नदेख्न चेतावनी दिएका छन ।
नेकपा(एमाले) बागलुङ्गको आठौँ जिल्ला अधिबेशनको शनिबार बागलुङ्गमा उद्घाटन गर्दै अध्यक्ष ओलीले उक्त चेतावनी दिएका हुन ।
वर्तमान सत्ता गठबन्धनले साँसद किनेर संबिधान संशोधन बिधेयक पास गर्ने सपना नदेख्न आग्रह गर्दै भने ‘साँसदहरु बिक्रीका लागि राखिएका सागसब्जी जस्तो सजिलै खरिद गर्ने सपना नदेखे हुन्छ’ उनले भने ‘भोट हालेर देश बेच्न दिने काम कुनै पनि हालतमा पनि हुन दिदैनौ’ अहिले मतदानमा जान उक्साउने तत्वहरुले चाहँदैनमा संबिधान संशोधन बिधेयक पेश हुन र पास हुन नदिने कुरा दोहो¥याए । ‘यो राष्ट्रघाती बिधेयकमा छलफल पनि हुँदैन, पास पनि हुन दिदैनौ’15725208_1228073673914405_1072983163_o
अर्को प्रशंगमा उनले अहिलेको सरकार नेपाल र नेपालीको नभएको बताएका छन् । उनले अहिलेको सरकार नेपालको नभएकोले गर्दा नेपालको विकासको लागि र नेपालीको लागि काम गर्न नसक्ने बताए । राष्ट्रियता र अखण्डता बारेमा एमालेले देशभरी राष्ट्रिय जागरण अभियान संचालन गर्ने समेत उनले बताए । पुसको २२ गते देखि देशका विभिन्न स्थानमा जागरण अभियान लिएर जाने एमालेले तयारी गरेको उनको भनाइ छ । संविधान निर्माणमा काँग्रेसले नेतृतव लिने र कार्यान्वयनमा एमालेले नेतृत्व लिने भन्ने सहमति तोडिएपछि संक्रमणकाल लम्बिएको उनले बताए । एक बर्ष भित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यतालाइ टार्न संशोधन प्रस्ताव आएको भन्दै ओलीले चुनावसँग सरोकार नभएका बिषयको संशोधन प्रस्ताव आएको टिप्पणी गरे । ‘यो सरकार नेपालीले बनाएकै हैन, त्यसैले यसले नेपालीको आवाजलाइ सम्बोधन गर्न सक्दैन’ ओलीले भने, ‘लोककल्याणकारी, सामाजिक सुरक्षा दिने र विकास गर्ने एमालेको सरकार बाहेक अरुको हिम्मत छैन ।’ अन्य राजनीतिक दलले अहिले सम्म कुनै विकास निर्माणको काम समेत नगरेको उनले अरोप लगाए । ओलीले देशका सबै विकास आयोजनाहरु आफ्नै पालामा शुरु भएको टिप्पणी पनि गरे । केपी ओली प्रधानमन्त्री हुँदा मात्र सरकार छ क्याहो भन्नेहरु भएको उनले दावी पनि गरे ।img_2995
पछिल्लो समयमा नेपाली राजनीतिमा एमाले मधेस विरोधी भएको भ्रम फैलाएको भन्दै उनले त्यस्ता हल्लामा नलाग्न कार्यकर्तालाइ आग्रह पनि गरे । ‘एमाले मधेस विरोधी हो, केपीले मधेसीलाइ युपी र विहार जाओ भनेको भन्ने आरोप छ’ ओलीले भने, ‘यो कुरा सरासर झुट हो ।’ हुलाकी राजमार्ग निर्माण गर्ने, पूर्व पश्चिम राजमार्गलाइ चौडा बनाउने निर्णय एमालेले गरेको समेत दावी गरे ।
उनले राजनीतिक रुपमा काँग्रेस इमानमा अडिग हुन नसकेको र माओवादीको फूर्तीले देश चल्न नसक्ने पनि बताए । देशले कोल्टे फेर्ने बेला आएको भन्दै ओलीले विकासको कोल्टेको रुपमा देश विकास गर्न जरुरी भएको बताए । विकासमा पछि पर्दा छिमेकीहरुले हेपेको उनको आरोप थियो । एमाले कार्यकर्तालाइ अधिवेसनमा गुटबन्दी नगर्न आग्रह गरे । उनले निर्वाचनमा गएर प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्नुलाइ राम्रो मानिने तर गुटबन्दीमा लागेमा पार्टी ध्वस्त हुने उनले बताए । केन्द्रमा आँफूले पनि गुटबन्दी नगर्ने भन्दै ओलीले जिल्ला बनाउन सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

जिल्लाभरबाट आउने ५ सय ७६ प्रतिनिधि सहभागि हुने अधिवेसनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव सहित बढीमा ६३ सदस्य जिल्ला समिति चयन गर्नेछ । अधिवेसनमा ३६ लाख रुपैयाँ खर्च हुने अािर्थक उपसमितिले अनुमान गरेको छ ।
अधिवेसनमा केन्द्रिय उचिब पृथ्वीसुब्बा गुरुङ्ग, पोलिटव्युरो सदस्य गणेश तिमिल्सीना सहितका दर्जनबढी केन्द्रीय नेता पनि आएका थिए । उनीहरुले पनि पार्टीलाइ एक ढिका बनाएर अगाडि बढ्न सक्ने नेतृत्व चयनमा लाग्न कार्यकर्तालाइ आग्रह गरे । जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष नरबहादुर थापाको स्वागत र संगठन विभाग प्रमुख बिष्णु भूषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेसनमा विभिन्न राजनीतिक दल त्यागेर एमाले प्रवेश गरेकाहरुलाइ ओलीले टिका लगाएर स्वागत समेत गरेका थिए । अधिवेसनको उद्घाटन कार्यक्रमका लागि छिमेकी पर्वत र म्याग्दीका पनि नेता तथा कार्यकर्ताहरु आएका थिए । युवाहरुले शनिवार मोटरसाइकल ¥याली गरेका थिए भने कार्यकर्ताहरुले नाराजुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।

सापकोटा र केसी अध्यक्षका प्रत्यासी

अधिवेसन ४ दिन सम्म चल्ने बताइएको छ । यो अधिवेसनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, उपाध्यक्ष नरबहादुर थापा, इन्द्रलाल सापकोटा र हिराबहादुर केसीको नाम चर्चामा आएको छ । यस अघि घोषणा गरेका जनक पौडेल, कृष्ण पाठक लगायतले भने पछिल्लो समय दावा गर्न छाडेको कार्यकर्ताले बताए । अहिले घोषणा गरेका नाम मध्ये इन्द्रलाल सापकोटा र नरबहादुर थापा मध्ये एकलाई सर्बसम्मत बनाउने अभियान थालिएको छ। निर्वाचन हुँदा इन्द्रलाल सापकोटा र हिरा केसी बिच नै प्रतिष्पर्धा हुने देखिएको छ । निर्वाचनमा सापकोटा नै बलिया उम्मेदबारको रुपमा देखिएका छन । यद्दपी थापाको समुह निर्वाचनमा निर्णायक अवस्थामा रहेकाले उनले कता समर्थन गर्छन भनेर प्रतिक्षा भैरहेको एक जिल्ला नेताले बताए ।
त्यस्तै उपाध्यक्षमा बिष्णु भूषाल, कृष्ण पाठक लगायतको दावा रहेको पाइएको छ भने सचिवमा लालबहादुर थापा, सूर्य पाठक लगायतको चाम चर्चामा आइरहेको छ । उपसचिवमा सावित्रा राना, धनबहादुर परियार र नेत्रबहादुर बिष्टको चाहना भएको देखिन्छ । अधिवेसनले महिला, दलित लगायतको समावेशी बनाउने क्रममा भने समिति सोचेभन्दा फरक हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी