खुर्कोट र पिपलटारी एमालेको अगुवा कार्यकता भेला 

uml-1

पर्वत ,८ पौष/नेकपा एमाले पर्वतको ४ महिने जन परिचालन अभियान अन्तरगत कुश्मा नगरपालीका वार्ड नं. ४, खुर्कोट र वडा न १६ पिपलटारीमामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
पिपलटारीमा भएको भेलामा केन्द्रिय अनुशासन आयोगका सदस्य गणेशराज पौडेलले नेकपा एमालेले छोटो समय राज्य सञ्चालनको अवसर पाउंदा पनि गरिव, दलित, महिला, अपाङ्ग, युवा, किसान र कर्मचारीहरुको पक्षमा नीति, बजेट र कार्यक्रम ल्याउने गरेको भन्दै अरु दलका दस्तावेज र घोषणाहरु नक्कली भएको आरोप लगाए । अव एमालेलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने भन्दै एमाले संधै उत्पिडित तथा उपेक्षित वर्गको पक्षमा रहेको भन्दै अव एमाले कार्यकर्ताहरु घरदैलोमा गएर एमालेका नीति र कार्यक्रमहरुको प्रचार प्रसार गर्न र एमालेको पक्षमा सवैलाई गोलबन्द गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । uml-2

यसैगरी खुर्कोटमा भएको भेलामा बोल्दै नेकपा एमाले पर्वतका उप सचिव गोविन्द पहाडीले नेकपा एमाले मात्रै राष्ट्रिय स्वाधिनता रक्षा गर्न ईमान्दार रहेको धारणा तर भारतीय स्वार्थ पूर्तिका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले पहाड र तराईलाई अलग गर्ने षडयन्त्र गरेको भन्दै यो राष्ट्रघाती कदमको आम जनताले विरोध गर्नुपर्ने र परास्त गर्नुपर्ने धारणा राखे ।
खुर्कोटमा भएको भेलामा नेकपा एमालेका सचिवालय सदस्य शेषराज रेग्मी, कार्यालय सचिव शिवलाल सार्कीले समेत बोल्नु भएको थियो । वार्ड कमिटि अध्यक्ष बुद्धि पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद अधिकारले गर्नुभएको थियो । भने पिपलटारीमा भएको भेलामा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवंर, उप सचिव गोविन्द पहाडी, सचिवालय सदस्य खुमप्रसाद सुवेदी, एमाले नेता इश्वरी भुषाल लगाएतले मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी