दुर्गा तिवारी हत्याकाण्डमा एआईजी शर्माको नेतृत्वमा छानविन समिति गठन
December 20, 2016 | 2:49 pm    
काठमाडौं । सरकारले युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी हत्या घटनाको अनुसन्धानका लागि चार सदस्यीय छानविन समिति गठन गरेको छ ।घटनाको छानविनका लागि युवा संघको टोलीले मंगलबार विहान गृहमन्त्रीको ध्यानाकर्षण गराएलगत्तै गृह मन्त्रालयले घटनाको अध्ययन गर्न नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा चार सदस्यीय छानविन समिति बनाएको युवा संघ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।
उनका अनुसार छानविन समितिको सदस्यहरुमा यादवप्रसाद रेग्मी, मनोज न्यौपाने र शिवराज जोशी रहेका छन् ।
युवा संघ रुपन्देही अधयक्ष तिवारीको सोमबार दिउँसो देबदहस्थित खैरेनी बजारमा गोली हानी हत्या गरिएको थियो ।