रुपन्देहीमा हत्या गरिएका युबा संघका अध्यक्ष तिवारी पर्वतबाट बसाई गएका थिए, पर्वत समाजले गर्यो हत्याको निन्दा
रुपन्देहीमा अज्ञात समुहबाट हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी पर्वतबाट बसाई गएको खुलेको छ । पर्वतको उरामपोखराबाट बसाई गएका तिवारी रुपन्देहीको देवदहमा बस्दै आएका थिए । पर्वतबाट रुपन्देही पुगेका लोकप्रिय युवा नेता तिवारीको हत्यामा रुपन्देहीमा बस्ने पर्वतका बासिन्दाहरु शोकमा डुबेका छन ।
दरुपन्देही जिल्लामा वस्ने पर्वतेहरुको साझा संस्था पर्वत रुपन्देही सेवा समाजले दुर्गा तिवारीको हत्याका मतियारहरुलाई अविलम्ब कानुनी कठघरामा ल्याउन माग गरेको छ । मंगलवार समाजका अध्यक्ष लोक बस्यालले एक विज्ञप्ति जारी गरेर हत्याको भत्र्सना गर्दै दोषीलाई काबार्ही गर्न माग गरेका हुन । तिवारीको उदगम थलो पर्वतको उराम गाविस हो । यस्तो छ वस्यालले जारी गरेको विज्ञप्तिको पुर्ण पाठ ।
पर्वत रुपन्देही सेवा समाजका केन्द्रीय सदस्य तथा रुपन्देही निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष श्री चक्रपाणी तिवारी का कान्छा भाई, यस समाजका सक्रिय सदस्य दुर्गा तिवारीको मिति २०७३र०९र०४ अपरान्ह ३ बजे अपराधीक समुहको गोली प्रहारबाट मृत्यु भएको खवरले हामी स्तब्ध भएका छौ । जुनसुकै उद्धेश्य र कारणले गरिने यस किसिमको अपराधीक क्रियाकलापको हामी निन्दा गर्दछौ । तिवारीको हत्यामा संलग्न हत्यारा र उसका मतियारहरुलाई अबिलम्ब कानुनी कठघरामा ल्याउन हामी जोडदार माग गर्दछौ । साथै यस दुखद् घडीमा मृतक आत्माले चिर शान्ति पाओस् भन्ने कामना गर्दै सम्पूर्ण शोक सम्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । जब सम्म अपराधीलाई कानुनको कठघरामा ल्याइदैन तब सम्म यस समाजका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु र साधारण सदस्यहरुलाई प्रशासनलाई दबाब सृजना गर्न निरन्तर सक्रिय हुन समेत अनुरोध गर्दछु ।
लोक बस्याल
अध्यक्ष
पर्वत रुपन्देही सेवा समाज