नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार

rapeमोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो ।

आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए। अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए।

सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए। तर युवतीले मानिनन्। त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे। युवती चिच्याइन्। उनी भाग्ने प्रयास गरे। होटेलका कर्मचारी तथा सेक्यूरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा उनले बलात्कारको प्रयासमात्र गरेका थिए, त्यसभन्दा पहिला धेरै पटक उनले युवतीहरुलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।

सबै घटनामा उनको एउटै तरिका देखिन्छ । मोडल तथा नायिका चाहिएको भन्दै विज्ञापन गर्ने। अन्तरवार्ताका लागि भनेर होटलमा बोलाउने । अन्तरवार्ताको बहानमा होटलमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने । अस्वीकार गरे बलात्कार गरेर युवतीलाई होटलमै थुनेर भाग्ने । यस्ता धेरैवटा घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काले आफ्नो घर काभ्रेको श्यामपाटी भएको बताएका छन्। तर श्यामपाटीमा गएर प्रहरीले बुझ्दा सो नाम गरेको व्यक्ति नै नभएको खुलेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका