आईजीपीमा भागबन्डाको तयारी

nepal-police-e1462325536967काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी बढुवामा प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच नै विवाद हुने देखिएको छ । बढुवामा कुरा मिलाउन दुई पार्टीबीच आईजीपी पदको भागबन्डा हुने सम्भावना छ । यो समाचार आजको दृष्टि साप्ताहिकमा छापिएको छ ।
दुवै संगठनमा आगामी फगुन ३ गतेबाट आईजीपी फेरिदैछन् । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका दर्जकुमार राई एकै दिन प्रहरी सेवामा भर्ना भएका हुन् ।
राई पछि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा सेवा परिवर्तन गरेर गएका थिए । प्रहरी सेवामा दुवै जना एकै दिन भर्ना भएकाले उनीहरुको ३० बर्षे सेवाहद एकै दिन पूरा हुन्छ । एकैपटक दुवै संगठनको आईजीपी फेर्नुपर्दा कांग्रेस र माओवादी केन्द्रले एक एक वटा आईजीपी पद भागवन्डा गर्ने सम्भावना छ ।
नेपाल प्रहरीमा अर्यालको अवकाशपछि सिधै डिआईजीबाट आईजीपीमा बढुवा हँुदैछ । अहिलेका एआईजीहरु आईपीपीसँगै अवकाश पाउने भएकाले डिआईजीबाट आईजीपी बनाउनुपर्ने अवस्था छ ।
डिआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द, र बमबहादुर भण्डारी आईजीपीका प्रमुख दावेदार हुन् ।
दास्रो नम्बरमा रहेका अर्याल पछिल्लो समय राजनीतिक ब्याकिङमा कमजोर छन् भने भण्डारी नेताहरुलाई खुशी बनाएर आईजीपी हुनुभनदा एआईजी पदबाटै सम्मानजनक रुपमा अवकाश हुने सोचमा छन् । जसकारण सिलवाल र चन्दबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । दुबै डिआईजीको कांग्रेस र माओवादीका नेतासँग राम्रो सम्बन्ध छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना