श्रीमतीले धोका दिदा आत्महत्याको प्रयास गरे इकुले

काठमाडौँ – कलाकार सुलेमान शंकर ‘इकु’ ले नयाँ पत्रिका दैनिकसँग गरेको अन्तरंग कुराकानी :
मलेसियामा थिएँ । घरबाट फोन आयो । मेरी पत्नीको बारेमा नराम्रो खबर सुने । प्रेम गरेर बिहे गरेकी श्रीमतीले पनि मलाई धोका दिई । एकातिर फिल्म डुब्नुको पीडा, अर्कोतिर पत्नी पीडा, साह्रै दिक्का लाग्यो ।

मलेसिया र सिंगापुरको बीच्को पुलबाट हाम फालेर आत्महत्या गर्ने योजना बनाएँ । तर, मैले झट्ट सम्झिएँ – दर्शकले मलाई दिएको माया ।

बच्चा बच्चीले इकु..इकु… भन्दै मेरा पछि लागेको, अटोग्राफ लिएको ।

अनि सम्झिएँ मेरो हरेक दुःख सुखमा आमाबाबुले दिएको सहारा । त्यसपछि आफूलाई स्ट्रोङ बनाउन थाले । जसकारण आज म दर्शकमाझमै हुन पाएको छु ।

चलचित्रले डुबायो
मैले जीवनमा सुपरहिट र सपुरफ्लप दुवैको स्वाद चाखेको छु । एउटा फिल्मले मान्छेलाई करोडमा र एउटैले रोडमा ल्याउन सक्दो रहेछ । २४ लाखमा बनेको इकु दी जंगल म्यानले राम्रो आम्दानी गरेपछि मैले हौसिएर ८५ लाखमा इकु ब्याक अगेन बनाएँ तर त्यो फ्लप भयो । फिल्म बनाउन केही साथीहरुसँग ऋण लिएको थिएँ । पछि उनीहरुले मलाई पेल्न थाले ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ