तीन सांसदलाई अख्तियारको ‘क्लिन चिट’

ciaa-akhtiyar-840x405काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन (अकुत) को उजुरीमा छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सांसदलाई सोमबार क्लिन चिट दिएको छ ।
अख्तियार स्रोत अनुसार सांसदहरु उमेश श्रेष्ठ, बाबुराम पोखरेल र जनार्दन ढकाललाई बारबाही नचल्ने गरि उनिहरुविरुद्ध उजुरी तामेलीमा राख्ने निर्णय भएको हो ।
तीनै जना सांसदले अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारमा छानबिन चलिरहेको थियो । “छानबिनबाट सम्पत्तिको स्रोत पुष्टि हुने आधार देखियो । मुद्धा चल्ने अवस्था नभएपछि कानुनअनुसार तामेलीमा राख्ने निर्णय भएको हो,” स्रोतले भन्यो ।
लिटिल एन्जल्स स्कुलका अध्यक्ष रहेका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन् । यस्तै भिएस निकेतनका अध्यक्ष बाबुराम पोखरेल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र रसुवा एमालेका तत्कालिन अध्यक्ष ढकाल एमालेका सांसद हुन् ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना