प्रचण्ड र ओली, देउवा र बामदेववीच चर्काचर्की

काठमाडौँ – संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक निश्कर्षविहिन बनेको हो ।


बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्कीनै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर संसद् अवरोधको आलोचना गरेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि त्यसको प्रतिवाद गर्दै ‘प्रधानमन्त्रीको ओहदामा बसेर अशोभनीय अभिव्यक्ति नदिन’ सचेत गराएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच पनि चर्को बाद प्रतिवाद भएको समाचारमा उल्लेख छ । बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले भने देउवाभन्दा फरक धारणा राखेका थिए ।

एमालेले हिजो बसेको बैठकमा संशोधन प्रस्ताव फिर्ता लिए मात्र सहमति हुने स्पष्ट पारेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी