बाँदर पिडीत कृषकको लौरेपालो

monkey-750x430बाँदरले आतंक मच्चाउन थालेपछि पर्वतको ग्रामीण भेगका किसान हैरानी व्यहोर्न बाध्य भएका छन् । लगाएको खेती उम्रिन नपाउँदै छरेको बिउ बाँदरले सखाप पारेपछि किसान समस्यामा परेका हुन् ।

वनबाट गाउँ पस्ने बाँदरले बालीमा सखाप पार्न थालेका हुन् । किसानले बाँदर धपाउन अनेक जुक्ति अवनाए पनि बाँदरले भने बाली सखाप पार्न छाडेको छैन ।

खौला, आर्थर, ठूलिपोखरी, राम्जा, पकुवा लगायत गाविसमा बाँदरको आतंक बढी छ । ‘मकै लगाएर बिउको गेडो पनि घर भित्र परेन’ खौला–९ का लालबहादुर थापाले भन्नुभयो ‘अहिले गहुँ छरेर घरमा फर्किनसक्दै बाँदरले बिउ टिपेर खाइसकेको हुन्छ ।’

बाँदरले सास्ती दिएपछि खौला–९ का किसान एकजुट भएर सबैले एकै ठाउँमा आलु खेती गरेका छन् । एकै ठाउँमा आलु लगाएपछि बाँदरलाई भगाउन आलोपालो गरेर ड्युटी बस्ने गरेको खौला–९ का सविन थापाले बताउनुभयो । ‘३० देखि ४० को संख्यामा एकै पटक आउँछन्’ उहाँले भन्नुभयो ‘कुकुरसहित बाँदरलाई भगाउन गयो भने पनि उल्टै कुकुर र मान्छेलाई नै आक्रमण गर्न खोज्छन् ।

५ देखि ६ जना किसानले एकै स्थानमा बाली लगाउने र समय बाँढेर आलोपालो गरी बाँदर भगाउने नियम बसालेको उहाँले जानकारी दिनुभयो । उज्यालो नेटवर्कबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि