तिवारी हत्याको बिरोधमा पर्वतमा युबासंघको राँके जुलुस, गृहमन्त्रीको राजिनामा मागियो
युबा संद्ध रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याको बिरोधमा युवाहरु देशभर आन्दोलनमा उत्रिएका छन। हत्याको विरोधमा युवा नेपालले देश भर प्रदर्शन, आन्दोलन र हत्यारालाई कारबाहीको माग गर्दै दबाव दिने कार्यक्रम तय गरेको छ ।
यसै वीच युवा संघ पर्वत पनि आन्दोलीत बनेको छ । युवा संघ पर्वतले सोमबार साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा राँके जुलुस निकोलेको छ । युवा संघ नेपालका सचिबालय सदस्य शिब पौडेलको नेतृत्वमा निस्केको जुलुसमा गृहमन्त्रीले राजिनामा दे, हत्याको बदला लिन्छौ, हत्यारालाई काबार्ही गर जस्ता नारा लगाइएको थियो।
नेकपा एमालेको पार्टी कार्यालयबाट शुरु भएको राँका सहितको जुलुस शिवालय चोकमा पुगेर कोेण सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपा एमाले पर्वतका उप सचिव गोविन्द पहाडीले हत्यारा सरकारको राजीनामा माग गरे । उत्त सभामा युवा संघ नेपालका केन्द्रिय सचिबालय सदस्य शिव पौडेलले हत्यारालाई कारबाही नभएसम्म युवा संघ नेपालले देश भर आन्दोलन गर्ने बताए ।