युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या, जसको यस अघि पनि हत्याको प्रयास भएको थियो

रुपन्देहीमा चर्चित थिए तिवारी, जसको यस अघि पनि हत्याको प्रयास भएको थियो । 

durga-tiwariएमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। मोटरसाइकलमा जाँदै गरेका तिवारीमाथि मोटरसाईकलमै गएका दुई जनाको समूहले गोली प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ।

देवदहमा ईट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँतर्फबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले गोली प्रहार गर्ने समूहको खोजी कार्य भईरहेको बताए।

घटनापछि स्थानीय अरू युवाहरूलाई समेत प्राईभेट नम्बरबाट फोनगरी मनोज पुन भन्ने व्यक्तिले धम्की दिने गरेको स्थानीयले जनाएका छन्। गोली प्रहार पछि देवदहवासी त्रसित बनेका छन्।

स्थानीय समाजसेवी ध्रुव खरेलले आफूलाई समेत प्राईभेट नम्बरबाट फोनमार्फत ज्यान मार्ने धम्की आएको सेतोपाटीलाई बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अन्य व्यक्तिहरुलाई धम्की दिएकोबारे आफूलाई जानकारी नआएको तर घटनामा मनोज पुनको संलग्नता हुनसक्ने आशंकामा खोजी कार्य भईरहेको लाई बताए।

रुपन्देहीमा चर्चित थिए तिवारी, जसको यस अघि पनि हत्याको प्रयास भएको थियो । 

रुपन्देहीको युवा राजनीतिमा चर्चित व्यक्ति थिए दुर्गा तिवारी । जो सोमबार दिउँसो यो संसारबाटै विदा भए ।

हो, नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष तिवारीको सोमबार दिउँसो देवदह– ६ खैरेनी बजारमा हिडिरहेको अवस्थामा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ ।

उनलाई रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले छातिमै गोली हाने । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेका अनुसार गोली लागेर गम्भीर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भयो ।

युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङका अनुसार उनी केही दिनयता पाँच नम्बर प्रदेश टुक्राउन हुन्न् भनेर सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध खुलेरै आन्दोलनमा लागेका थिए ।

यसअघि पनि भएको थियो हत्याको प्रयास

अज्ञात समूहको गोली प्रहारबाट मारिएका युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको यसअघि पनि हत्याको प्रयास भएको थियो । प्रहरीका अनुसार यसअघि पनि गोली प्रहार भएको थियो । तर, उनी बाच्न सफल भएका थिए ।

यसपटक भने उनले गोलीलाई पनि छल्न सकेनन् र मृत्युसँग हारे ।

हेर्नुस् युवा नेता तिवारीका केही तस्वीरहरुः

     

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ