युवा संघ रुपन्देही जिल्ला अध्यक्षमाथि गोली प्रहार, उपचारका क्रममा मृत्यु
भैरहवा, ४ मंसिर । रुपन्देहीमा युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ ।
गोली लागेर तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।युवा संघका अध्यक्ष तिवारी माथि आक्रमण गर्नेहरु भागेर दक्षिण तर्फ लागेको प्रहरीले जनाएको छ। अखण्ड पाँच नम्बर प्रदेशको आन्दोलन चर्केको बेला उनी माथिको आक्रमणले आन्दोलन भाँड्न खोज्ने र सरकार समर्थित राजनैतिक कार्यकर्ताहरुको हात हुन सक्ने अनुमान स्थानिय एमाले कार्यकर्ताहरुले गरेका छन ।