गाईभैंसीको पनि सुत्केरी खर्च, लिनेको भिड

 

klxnf] a]td} b'Oj6f afR5f hGdfPsf] ufO / afR5f b]vfp“b} s6'jfrf}kf/Lsf ls;fg uf]lk zdf{ nfld5fg] . pgsf] of] ufOn] klg ;'Ts]/L eQf kfpg] ePsf] 5 . tl:a/M cuGw/ ltjf/L÷sflGtk'/ .

२०७२ को जिल्ला परिषदले गाईंभैंसीपालक किसानलाई प्रोत्साहन गर्न प्रत्येक गाईभैंसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको थियो । जिल्लाको निर्णयलाई प्रशंशनिय भन्दै पशु सेवा निर्देशनालयले यो वर्ष सय पशुका लागि प्रति पशु २ हजार पाँच सय रुपैया“का दरले सुत्केरी भत्ता दिन बजेट पठाएको छ । ‘हाम्रो निर्णयलाई बिभागले राम्रो रेस्पोन्स गरेर यो वर्ष परिक्षणका रुपमा केहि पैसा पठाउने भएको छ,’ पशु चिकित्सक बिमलप्रसाद शर्माले भने, ‘यसबाट किसानहरु निकै उत्साहित भएका छन् ।’ सय पशुको कोटामा दोब्बर बढीको निबेदन परेको भए पनि बिभागको परिपत्र अनुसार पहिला आउनेलाई प्राथमिकता दिइने उनले बताए । सुत्केरी खर्च दाबी गर्नका लागि दर्ता गरिएको पशु फर्म, सहकारीमार्फत दुध बिक्रि गरेको प्रमाण र बीमा अनिवार्य गरिएको हुनुपर्ने व्यवस्था छ ।
जिल्लामा पशुपालक किसान कम हु“दै जानु, जन्मिने बित्तिकैका पाडाबाच्छा नपाल्दा गाईभैंसीको मुख्य बढ्ने लगायत समस्या निराकरणका लागि गतवर्षदेखि ‘सुत्केरी भत्ता’ दिने निर्णय जिल्ला परिषदले गरेको थियो । परिषदको निर्णय अनुसार भैंसीपालक किसानले कृतिम गर्भादान गराएर सुत्केरी भएका भैंसीलाई पा“च सय रुपैया“ थप पाउ“छन् । ‘केन्द्रिय अनुदानका लागि केहि बढी सिमा छन् । यहा“को रकमको हकमा पाडापाडी हुर्काएको हुनुपर्छ । यो शुरुआत मात्रै हो । अर्को वर्ष केन्द्रको कोटा पक्कै थपिन्छ ।’ बरिष्ठ पशुविकास अधिकृत सुधिर थापाले भने । गाईभैंसी व्याउने बित्तिकै पौष्टिक आहारा दिन सके छिटो बाली जाने र किसानले पाठाबाच्छा हुर्काउन प्रोत्साहन मिल्ने भएकोले यो योजना निरन्तर लागु गर्न सके पा“च वर्षभित्र जिल्ला पशुपालनमा निर्भर गराउन सकिने थापाले दाबी गरे ।
पशुपालक किसानहरुले यो योजना आकर्षक भएकोले सिमित कोटा निर्धारण गर्दा न्यायोचित नहुने बताएका छन् । ‘कसैले पाउने कसैले नपाउने गर्दा अन्याय हुन्छ,’ कटुवाचौपारीका गोपि शर्मा लामिछानेले भने, ‘निबेदन परेका सबैलाई निश्पक्ष मुल्याङ्कन गरेर रकम दिए सबैलाई प्रोत्साहन हुन्छ ।’ पशुपालक किसानहरुले अनुदानको रकम सहज बितरण हुनुपर्ने माग गरेका छन् ।
सुत्केरी भत्ता पाइने भएपछि सदरमुकामस्थीत सहकारीहरुमा सिफारिस बनाउनेहरुको पनि भिड बढेको छ । सहकारीमा आवद्ध नभएका व्यक्तिहरु पनि भत्ता पाइने भन्दै सिफारिस बनाउन आएको सहकारी सञ्चालकहरु बताउ“छन् । ‘सहकारीमार्फत कारोबार गर्नुस् भन्दा वास्ता गर्दैैनन्,’ सदरमुकामको ग्रामिण कृषि सहकारीका अध्यक्ष राजु शर्माले भने, ‘अनुदान पाउने भएपछि सिफारिस माग्न धेरै आए ।’ सहकारीले मापदण्ड पुगेका किसानहरुका लागि मात्रै सिफारिस गरेको उनले बताए । पशु कार्यालयले व्यवसायिक किसानको संख्या बढाउन यस वर्षदेखि कुखुरापालक किसानहरुका लागि पनि अनुदान दिने कार्यक्रम ल्याएको जनाएको छ । अण्डा उत्पादनमा जिल्लालाई आत्मनिर्भर गराउने उद्धेश्यले लेयर्स वा अण्डा दिने स्थानीय जातका सय भन्दा बढी कुखुरा पाल्नेलाई ३० देखि ५० हजारसम्म अनुदान दिन लागिएको बरिष्ठ चिकित्सक थापाले जानकारी दिए । ‘यो कार्यक्रम पनि पहिलोपटक शुरु गर्न लागिएको हो । यसबाट अण्डामा जिल्लालाई आत्मनिर्भर गराउने उद्धेश्य हो ।
तस्बिर पनि छ ।
समाप्त पौष ३

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’