रित्तै भए मेडिकल कलेज
एमबीबीएस पढ्ने विद्यार्थीले खचाखच हुनुपर्ने यो समयमा मेडिकल कलेजहरूमा विद्यार्थी नपुगेर कन्तविजोक भएको छ।
पोखराको चर्चित गण्डकी मेडिकल कलेजमा अहिलेसम्म एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्। विद्यार्थी भर्ना नभएपछि त्रिवि अन्तर्गत पर्ने कलेजलाई समस्या पर्ने देखिएको छ। .यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ।
यो बेला भर्ना भएर पढाइ हुनुपर्ने अवस्थामा शून्य विद्यार्थी भएपछि के गर्ने भन्ने विषयमा कलेज अलमलमा परेको छ। मंसिर १ गतेदेखि पठनपाठन हुने तयारीमा बसेका त्रिवि अन्तर्गतका ८ वटा कलेमा विद्यार्थी भर्ना हुन छाडेपछि समस्या परेको छ।