लगानी बोर्डको बैठक ४ महिनादेखि बसेन

काठमाडौँ – विद्यमान सरकार गठन भएयता लगानी बोर्डको बैठक बस्न सकेको छैन । चार महिनासम्म बैठक नहुँदा तीन ठूला आयोजना प्रत्यक्षरुपमा प्रभावित भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

बैठक नबस्दा माथिल्लो कर्णली र अरुण–३ जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजरको समयावधिबारे निर्णय हुन सकेको छैन । काठमाडौँ उपत्याकाको फोहोर मैला व्यवस्थापन कम्पनीको आयोजना विकास सम्झौता (पीडिए) रोकिएको छ ।

‘चार महिनादेखि बोर्ड बैठक नबस्दा मुख्यगरी फाइनान्सियल क्लोजर र पीडिएको काम रोकिएको छ,’ बोर्ड स्रोतलाई उल्लखे गर्दै .समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना