दुई तोला सुनको सिक्री जाँड संगै निलेपछि ………….

काठमाडौँ –लुटेको सुन लुकाउन जाँडसँगै निलेको एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा रहेको  छ । भएको लुटपाटको घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो ।

वीर असप्तालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्थाको चासो काठमाडौँ प्रहरीले लिइरहेको छ ।

काठमाडौँमा केही दिनअघि भएको लुटपाटको घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ।

प्रहरीका अनुसार कीर्तिपुर घर भइ हल्चोक बस्ने सुमन महर्जनले लुटेको लुई तोला सुनको सिक्री निलेका थिए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राती जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए ।

कलंकीबाट पक्राउ परेका महर्जनबाट लुटपाट भएको मोबाइल र औँठी भने फेला परेको थियो । सोधपुछ गर्दा उनले सिक्री निलेको बताएका थिए ।

मनमोहन मेमोरियल अस्पतालमा एक्से गराउँदा पेटमा सिक्री देखिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना