घरजग्गामा ३ अर्ब ऋण लगानी

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा निक्षेप संकलन ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७३ कार्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप २०.५ प्रतिशतले बढेको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले मात्र बढेको थियो ।

कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा कर्जामध्ये २७० अर्ब ४० करोड रुपैयाँ (प्रति ग्राहक १ करोडभन्दा कमको १५५ अर्ब ६७ करोडको आवसीय घर कर्जासमेत) रहेको छ ।

उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रावहित कुल कर्जाको १५ प्रतिशत हुन आउने  छ, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास