किसान महासंघ क्षेत्र नं २ मा श्रेष्ठ
पर्वत /नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ पर्वत क्षेत्र नं.२ को क्षेत्रिय कमिटीमा अध्यक्षमा सुरज श्रेष्ठ निर्बिरोध चयन भएका छन । श्रेष्ठ दुग्ध उत्पादक किसान संघका संयोजक हुन ।
निर्वाचित कमिटीको सचिबमा फलफुल उत्पादक किसान संघका संयोजक रामचन्द्र भुषाल चयन भएका छन भने सदस्यहरुमा महिला किसान संघको संयोजक राधिका भुषाल, युबा किसान संघका अध्यक्ष बलबहादुर थापा, भूमिहिन किसान संघका संयोजक कुलबहादुर हिताङ्ग, तरकारी उत्पादक किसान संघका संयोजक दुर्गादत्त तिवारी, मौरीपालक किसान संघका संयोजक धनबहादुर पौडेल, कुखुरापालक किसान संघका संयोजक प्रेम पराजुली, अलैची उत्पादक किसान संघका संयोजक टोपबहादुर पौडेल, पशुपालक किसान संघका संयोजक मुक्तीप्रसाद न्यौपाने र खाद्ययान्न बाली उत्पादक किसान संघका संयोजक देवी वस्याल रहेका छन ।
अखिल नेपाल किसान महासंघ निर्वाचान क्षेत्र स्तरीय भेला फलेवास रहालेमा आयोजना गरिएको थीयो । उक्त भेला लाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य एवं प्रदेश नं. ४ सह संयोजक मोहनलाल शर्माले कृषिमा क्रान्ति कार्यक्रम अनुसार १० बर्ष भित्रमा उत्पादन लाई आधुनीकीकरण,यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै अबको केहीँ बर्षमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने कुरामा जोड दिए । उनले किसानको दुख सुखमा अखिल नेपाल किसान महासंघले मात्र साथ दिने दाबी गर्दै किसानले उठाएको मागलाई आफुले सक्दो सम्बोधन गर्ने बताए ।
भेलामा नेकपा एमाले जिल्ला कमिटि सचिब पदम पाणी शर्मा,उप सचिब गोविन्द पहाडी,क्षेत्रीय अध्यक्ष भक्तराज सुबेदी, नेकपा एमाले अञ्चल कमिटीका पूर्व सदस्य देवेन्द्रराज पौडेल,राष्ट्रिय अखिल नेपाल किसान महासंघकी सदस्य निर्मला भुषाल लगाएतले आ आफ्नो भनाई राखेका थिए ।
अखिल नेपाल किसान महासंघ पर्वत का संयोजक रुद्र बा. क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला कमिटि सदस्य परुषुराम सुवेदीले गरेका थिए ।