मासुको सुकुुटीमा मिसाएर चरेस तस्करी, पक्राउ परे पर्वतका शेरपुजा र कास्कीका गुरुङ्ग

                    new-charesh-taskari काठमाडौं । लागु औषध तस्करहरुले विभिन्न तरिकाले तस्करी गर्दै आएका छन् । तस्करीको पछिल्लो उपाय बनेको छ मासु । मासुको सुकुटीमा मिसाइ हङकङ लैजाँदै गरेको चरेश सहित प्रहरीले २ नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्तण ब्युरो शाखा कार्यालय त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको हो ।

पुस १ गते क्याथे ड्रागन उडान नम्बर केए एक सुन्य तीन बाट हङकङ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा पर्वत लेखफाँट गाविस ८ डाँडा कटेरा ८ का ४१ वर्षिय अबिर शेर्पाजा मगर र कास्की घान्द्रुक गाविस वडा नम्बर ८ गैरिगाउँका ६५ वार्षिय नरमान गुरुङ रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्दा साथमा रहेको हरियो रंगको सुटकेशमा कपडा र धुपसँगै रहेको प्लाष्टिकको पोकामा मासुको सुकुटीमा मिसाएर राखिएको करिब तीन किलो चरेश भेटिएको हो ।
दियोपोष्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई