उपल्लो मुस्ताङ्गमा भिषण बाढी , आठ पुल बगायो
पर्वत ./हिमालपारीको जिल्ला मुस्ताङ्गमा हिउँ पहिरोपछि भिषण बाढी आएको छ ।
उपल्लो मुस्ताङमा पर्ने घमी गाउँ बिकास समितिको ढाक्मार गाउँमा ठूलो बाढी आएको हो ।
हिउँ पग्लेर आइतबार बिहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रमा रहेका ८ वटा काठका पुल बगाएको छ। यस्तै ठूला ठुला ढुंगा खसेर जोमसोम – लोमान्थाङ्ग सडक अवरूद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए।
अहिले सम्म कुनै मानवीय क्षति भएको बिबरण प्राप्त भएको छैन । त्यस क्षेत्रमा रहेका प्रहरी चौकी समेत जाडोका कारण लोमान्थाङ्गमा मर्ज भएकाले लोमान्थाङ्गबाट प्रहरी टोली पठाइएको प्रजिअ पोखरेलले बताए । साँझ सम्ममा सबै बिबरण आउने उहाँले बताउनुभयो ।