बासखर्क, माझफाँट र धाइरिङमा एमालेको कार्यकर्ता भेला सम्पन्न
३ पौष, पर्वत/नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको उत्तरी क्षेत्रमा कार्यकर्ता प्रशिक्षण, वैठक तथा भेलाहरु आयोजना भएका छन ।
संविधान कार्यन्वयनका र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत क्लष्टर नम्बर १ को वैठक वारी वेनीमा सम्पन्न भएको छ भन, बासखर्क र माझफाँटमा गाविस स्तरीय वैठक सम्पन्न भएको छ । बासखर्कमा आयोजीत कार्यक्रमलाई एमाले अध्यक्ष पदम गिरी, उप सचिव गोविन्द पहाडी र प्रचार विभाग प्रमु्ख लालबहादुर अधिकारी लगाएतले समसामयीक राजनैतिक पृष्ठभूमिमा आधारित मन्तब्य ब्यक्त गरेका थिए ।
अभियान अन्तर्गत शनिवार धाइरिङ गाविसमा गाविस स्तरीय भेला सम्पन्न भएकोछ । भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो । भेलामा एमाले पर्वतका अध्यक्ष तथा युवा नेता पदम गिरीले कार्यकर्तालाई संविधान कार्यान्वयनका लागि गाउँ गाउँबाट दबाब सृजना गर्न निर्देशन दिएका थिए । पछिल्लो राजनैतिक घटनाक्रममा एमाले देशको जनताले आशा गरेको शक्ति बन्दै गएको बताउदै अध्यक्ष गिरीले संविधान संसोधनको कुनै तुक नभएको भन्दै तत्काल संसोधन विधेयक फिर्ता लिन सरकारसंग माग गरेका थिए । कार्यक्रममा एमाले पर्वतका प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, जिल्ला नेता टंगनाथ शर्मा, बुद्धि सुवेदी, उदय सुवेदी र हरीलाल आचार्यले मन्तब्य ब्यक्त गरेका थिए । धाइरिङ गाउँ कमिटिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लिलाराज आचार्यले गरेका थिए ।