सुन किन्दै हुनुहुन्छ भने धैर्य गर्नुस

काठमाडौं, १ पुस –सुनको भाउ लगातार ओरालो लागेको छ । कात्तिकको अन्त्यतिरबाट खस्केको सुनको भाउ शुक्रवार प्रतितोला ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । व्यवसायीका अनुसार सुनको भाउ अझै घट्न सक्ने सम्भावना छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी घट्दा भाउ लगातार ओरालो लागेको बताएको छ । ‘डलर थप बलियो बन्दै गएकाले सुनको भाउ अझै घट्ने सम्भावना छ,’ महासंघका अध्यक्ष मोहन सुनारले लोकान्तरसँग भने ।

Gold bars

Gold bars

मंसिर १ गते प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आइतवारसम्म आइपुग्दा ३ हजार रुपैयाँले घटेर ५२ हजार ६ सय रुपैयाँमा झरेको थियो । त्यही मूल्य पनि लगातार घटिरहेको छ ।
कात्तिक महिनाको मध्यतिर प्रतितोला झण्डै ५८ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ मंसिर महिना लागेयता लगातार घटेको हो ।

खासगरी अमेरिकी अर्थतन्त्र सुध्रिँदै जानु, रोजगारीका अवसर फैलिनु लगायतका कारण सुनको भाउ घटेको महासंघको दाबी छ । अमेरिकी अर्थतन्त्र मजबुत हुँदा डलर थप बलियो बन्दा सुनको भाउ ओरालो लागेको हो । डलर र सुनको भाउबीच विपरीत सम्बन्ध हुन्छ । ‘अमेरिकामा लगानीका अन्य क्षेत्रमा सुधार आएपछि सुनमा लगानी घट्यो’ महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले थपे, ‘यसले भाउ घटाउनमा सहयोग मिलेको देखिन्छ ।’

त्यस्तै, फेडरल बैंक अफ अमेरिकाको ब्याजदर घटाउने निर्णयले पनि सुन बजारमा प्रभाव पारेको महासंघको दाबी छ ।

आतंकवाद र कालोधनविरुद्ध लड्न ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयले पनि सुन बजारमा प्रभाव पारेको महासंघ बताउँछ । ती नोटमा प्रतिबन्ध लगाउँदा भारतमा सुनको कारोबारमा अत्यधिक गिरावट आएको छ । यसले पनि भाउ घटाउन सहयोग पु—याएको संघ बताउँछ ।

बजारमा सुनको कमी

महासंघका अनुसार पछिल्लो समय बजारमा सुनको कमी देखिएको छ । सरकारले पर्यात्प सुन खरिद नगरिदिँदा बजारमा सुनको कमी आएको महासंघ बताउँछ ।

हाल बजारमा सुनको दैनिक माग २५ किलोसम्म छ । तर, वाणिज्य बैंकहरूले दैनिक १५ किलोको सीमामामात्र सुन आयात गर्न पाउँछन् ।

बजार मागअनुसार सुन आयात नहुँदा सुनको अभाव हुने स्थिति आएको अध्यक्ष सुनारले बताए । – See more at: http://lokaantar.com/artha-bibidha/681#sthash.Faq1onGP.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका