फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!
कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन्। कमला र ती युवा फेसबुकमा साथी भए।
सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो। युवाको कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए। अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो। केही महिनाको अन्तरालपछि च्याटमै कमला र ती युवाको मित्रता प्रेममा परिणत भयो। अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायर नाघ्दै गए। सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुबैले गोपनियता भन्ने केही बाँङ्की राखेनन्। तर, त्यती घनिष्टता अहिले कामलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ।
विवाहको मिति र समय पनि फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनावग्रस्त बन्यो।यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ।
कमलाजस्तै काठमाडौंकी अर्की एक महिला फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रूपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन्। तर उपहार हात पर्न सकेको छैन।ती युवाले उनलाई सुरूमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए। उनलाई सबैभन्दा आकर्षक बस्तुकाविषयम सोधेर सोही बस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए।
उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलिपल्टदेखिनै सामाजिक सञ्जालबाट हराए। उनलाई उपहार पठाउन लाग्ने भन्सार शुल्क भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो।