पपुवान्यूगिनीमा ७.९ म्याग्निट्युडको ठूलो भूकम्पपछि सुनामीको खतरा

रोयटर्स,२ पुस– रोबौलको १ सय ५७ किलोमिटर पूर्वीय भाग पपुवान्यूगिनीमा शनिवार ७.९ म्याग्निट्युडको ठूलो भूकम्प गएको अमेरिकी भूगर्भ विभाग युएसजीएसले जनाएको छ । र, त्यस क्षेत्रमा सुनामी जान सक्ने खतरा रहेको चेतावनी दिइएकाे छ।

भूकम्प लगतै पपुवान्युगिनीमा ठूलो मात्रामा सुनामी जान सक्ने खतरा रहेको प्यासिफिक वानिङ सेन्टर पीटीडब्लुसीले जनाएको छ । भूकम्पको जानकारी गराउँदै पपुवान्यूगिनीको न्यू आयरल्याण्ड क्षेत्रमा १०३.२ किलोमिटर क्षेत्रमा ठूलो क्षति पुगेकाे जनाएको छ ।
पीटिडब्लुसीले सुनामी यही तीन चारघण्टा भित्रमा आउन सक्ने खतरा रहेको चेतावनी दियाे । साथै इण्डोनेशिया, दी सोलोमन आयरल्याण्ड,पोनपेई,चुयुक,नाउरु,कोस्राई र भानुआटुको समुन्द्री तटमा सुनामीको छाल आउन सक्ने जनाएकाे छ ।
न्यूजल्याण्डले पनि सुनामीको खतरा रहेको जनाएपनि हवाई र अष्ट्रेलियाको समुन्द्री तटमा सुनामीको खतरा नरहेको जनाएकाे छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना