बालुवाटारमा मधेसी मोर्चाको आश्वासनले प्रचण्ड र देउवा उत्साहित

morchaकाठमाडौं, २ पुस –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहने बताएका बताएका छन् । मोर्चाका नेताहरुले यसअघि सार्वजनिक रुपमा संशोधनमा सहयोग हुन नसक्ने बताउँदै आएको बेला आज बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो आश्वासन दिएका हुन् । मोर्चाको आश्वासनपछि उत्साहित हुँदै  प्रचण्ड र देउवाले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने बताएको स्रोतले बताएको छ ।
यद्यपी मोर्चाका नेताहरुले सीमांकनविरुद्ध भइरहेको आन्दोलनमा सरकार चुप लागेर बसेर समर्थन गरेजस्तो देखिएको भन्दै असन्तुष्टि पोखे । बैठकमा सहभागि एक नेताका अनुसार मोर्चाका नेताहरुले संशोधन प्रस्ताव अघि बढाउन देउवा र प्रचण्डलाई आग्रह गरेका थिए ।
बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो सरकारले संशोधन प्रस्ताव ल्याए पनि पास गराउन पहल नगरेको भन्दै सरकारको नियतमाथि नै शंका उत्पन्न भएकाले यो कुरा बैठकमा राखेको बताए ।
उनले यसमा प्रचण्डको जवाफ समेत माग गरेका थिए ।
जवाफमा प्रचण्डले भने मोर्चाबाटै समर्थन नहुने भनिएपछि आफूहरुलाई समस्या भएको बताएका थिए । अब मोर्चाले समर्थन गर्ने जनाउ दिएसँगै आफूहरु ढुक्क भएर प्रस्तावलाई अघि बढाउन लागिपर्ने बताएका थिए ।
प्रचण्डले बैठकमा भने , ‘तपाईहरुकै मोर्चाबाट फरक फरक धारणा आइरहेको हुनाले संशोधन प्रस्तावमा अन्योल भएको हो ।’
बैठकपछि राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नसक्ने भन्दै पहिला संशोधन पारित हुने वातावरण बन्नुपर्नेमा जोड दिए ।
मोर्चा र सत्तारुढ दलबीच संशोधन प्रस्तावले अविश्वासको वातावरण पैदा गरेपछि दुई पक्षबीच आज साँझ बैठक बसेको हो । बैठकमा कांग्रेस, माओवादी र मोर्चाका शीर्ष नेताहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी