देउराली बन्यो पूर्ण साक्षर गाविस

15608560_1246468075427391_1432075696_o
गणेश गिरी, पर्वत /पर्वत जिल्लाको देउराली गाविस पूर्ण साक्षर गाविस घोषणा भएको छ । गाविसमा आयोजीत एक कार्यक्रमका वीच गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको पूर्ण साक्षर गाविस घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी युवराज पौडेलले राष्ट्रिय लक्ष्य पुरा गर्न सवैको साथ, सहयोग र समन्वयको आवश्यकता रहेको औल्याए । पौडेलले सवै नागरिक शिक्षित भएमा मात्र राष्ट्रको विकास सम्भव रहेको औल्याउँदै शिक्षा ज्योति गाउँ गाउँमा छर्नु पर्ने बताए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, विद्यालय निरिक्षक कृष्णप्रसाद आचार्य, श्रोत ब्यक्ति प्रेम शर्मा, हिमालय माविका प्रअ एकनाथ शर्मा लगाएतले पूर्ण साक्षर गाविसका लागि गाविसबासीलाई बधाई ज्ञापन मन्तब्य राखेको थिए । त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका तिर्थराज सुवेदी, नेकपा एमालेका देवेन्द्र बहादुर क्षेत्री, माओवादी केन्द्रका टेकबहादुर पुन, जनमुक्ति पाटीका आशबहादुर पुन लगाएत प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए ।
कुल १ हजार ८ सय ५७ जना रहेको गाविसमा झण्डै ९५ प्रतिशत भन्दा ब्यक्तिहरु साक्षर रहेको कार्यक्रममा जानकारी गराइएको थियो । ४८ जना अझै निरक्षर रहेको भन्दै शिक्षा कार्यलयले विशेष कार्यक्रम मार्फत उनीहरुलाई साक्षर बनाउने प्रतिबद्धता समेत कार्यक्रममा ब्यक्त भएको थियो । गाविसका सचिव कृष्णप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय हिमालय माविका शिक्षक बासुदेव शर्मा तिमिल्सीनाले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई