प्रदेशिकाे वास्तविक जीवनमा अाधारित गित “ प्रदेश तिरै गयाे ´
December 17, 2016 | 6:51 pm    
प्रदिप बिश्वकर्मा ,काठमाडौं /नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् । बिदेशीनु पर्ने हामी नेपालीहरूको बाध्यता, घर परिवारको यादमा तड्पिनुपर्ने बास्तबिक जीबनको कथा सर्जक दिपक कँडेलले ‘प्रदेश तिरै गयो’ गीती एल्बममा समेटेका छन् । अाफ्नाे देशमा राेजगारिका अवसरहरु नभएपछि नेपाली युवाहरु राेजगारिकाे शिलशिलामा बिदेशिनु पर्ने बाध्यता छ ।चुहिने खरकाे छानाे फेरि टुङ्गे छानाे फेर्ने , जन्म दिने बाबा- अामाकाे फाटेका लुगा फेरिदिने , प्यारीलाइ सुखमा राख्ने थुपै सपना बाेकेर बिदेश पश्ने नेपाली युवाहरुले बिदेशमा धेरै धन कमाउनुत परै जाअाेष बिदेशमा भाेग्नु परेका अनेक समस्या देखि बुढेसकालका बाबा-अामाकाे बुढेसकालकाे सहारकाे लठ्ठी बन्ने ,घरकाे चुहिने छानाे फेर्ने , प्यारि सँग अगालि-अाेराली ,बन-पाखा , दाउरा- घाँस , मेला-पाता सङ्गै गर्ने सपना अधुरै रहेकाे कथा व्यथा प्रदेश तिरै गयाे यल्बममा समेटेका छन । सानैदेखि गित संगितमा रुचि थुप्रै प्रतियोगितामा भाग लिँदै प्रथम बिजेता बन्दै २०६७ मा गायक बन्न काठमाण्डौ छिरेको २०६८ बाट नयाँबसपार्क स्थित यानिमाया रोधिक्लबमा काम गर्दै २०६८ बाटै औपचारिक यात्रा गरेर पहिलो गित “पापि नभने”दोस्रो “फेशबुकमा एड भईयो “तेस्रो “दशैँ तिहार मनाउन घर आउन पाईन”चौँथो”बाटो फरक दुरि टाढा भो””बचाउ मलाई बचाउ”समर्पित मनको “तिम्लाई मन फेर्नि बानि पर्यो”लगायत झण्डै एक दर्जन लाेक गितमा लय शब्द र स्वर भरेका छन । ।।साँगितिक फाँट फराकिलो छ ।यात्रा गर्न कठिन छ । नथाक्ने हो भने गन्तव्यमा पुगिन्छ । भनी शब्द संगित स्वर तथा मोडलिङ पनि आँफै गर्न सक्ने क्षमता राखि लाेक गित संगितकाे अाकाशमा अाफ्ना प्रस्तुतिहरु स्रोत र दर्शकमाझ पस्किदै निरन्तर लागिरहेका छन । तत्कालीन अवस्थामा गित गाएरै खान सक्ने अवस्था नभएपछि गित संगित सँगै बोकेर २०७२ मा जापान पसेका प्रेम सापकाेटा (साेनु) जापान भए पनि जापनमै केहि गित रेकर्ड गरिसकेका छन र केहि गर्ने क्रममा छन।प्रेमले लय शब्द भरेका अन्य साथिहरुका गितहरु पनि बजारमा आउने तर्खरमा छन ।बैदेशिक राेजगारिकाे शिलशिलामा जापान भएपनि छुट्टिको समय मिलाएर गित सृजना गर्ने गाउने गर्दै गितसंगितको यात्रा अगाडि बढाईरहेको छन ।प्रेमले जापान आएर दिपक कंडेलको “कठै मेरो जुनि”भन्ने गितमा संगित भरे र साेहि गितले राम्रो सफलता पायपछि ।
अहिले उनै दिपक कंडेलसंगकाे सहकार्यमा संयुक्त प्रस्तुति”प्रदेशतिरै गयो” मङ्सिर २७ गतेबाट दिपिका म्युजिकले बजारमा सार्वजनिक गरेकाे छ। जुन गितमा दिपक कँडेलकाे शब्दमा ,प्रेम सापकोटा(सोनु) ले लय भरेका छन ।भने प्रेम सापकोटा (सोनु)&देबि घर्तिकाे स्वर रहेकाे गितमा प्रेम सापकोटा (सोनु)& सोना के.सिकाे अभिनय रहेकाे छ । जुन गितकाे बजार ब्यवस्थापन दिपिका म्युजिक प्रा. लिले गरेकाे छ ।कमल सौरागले एरेन्ज गरेका थिए भने । जापानमा on air studio Tokyo स्टुडियो र नेपालमा मारुनि स्टुडियोमा गित रेकड गरिएका हुन ।https://www.youtube.com/watch?v=it-7FB4TJmE&feature=share