पर्वतमा महिला हिंसाका घटना बढे

women-voilence
पर्वत /पर्वत जिल्लामा मानवअधिकार उल्लंघनका घटनामा महिला हिंसाका घटना बढी पाइएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको मानवअधिकार बर्ष पुस्तक २०१७ को पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरेको तथ्याङकले अन्य घटनाको तुलनामा पर्वतमा महिला हिंसाका घटना बढी देखिएको हो ।
इन्सेकले दिएको जानकारी अनुसार मानवअधिकायस बर्ष मानव अधिकारका घटना बढेको देखाएको हो । २०१६ मा मादक पर्दाथ सेवन गरी श्रीमतीलाई कुटपीट भएका ३६ वटा घटना भएका छन भने बहुविवाहका २९, शंकाउपशंका गरि महिला माथि कुटपिट भएका घटना ५२ वटा छन । श्रीमानले नागरिकता नदिएको तथा विवाह दर्ता नगरेको ७ वटा घटना भएका छन भने भुक्काएर सम्बन्ध विच्छेद गरेको एउटा घटना भएको छ। यो अवधीमा महिला तथा बालबालिका बेचविखन १ उजुरी दर्ता भएको तथ्याङकले देखाएको छ । त्यस्तै ३ महिला जसमध्ये २ बालिका बलात्कृत, १ बालविवाहको घटना घटेका छन ।
सन २०१५ मा भने मादक पर्दाथ सेवन गरी महिला माथि कुटपिट भएका घटनाहरु ७७, बहुविवाह ३२, श्रमिान र परिवारका सदस्यले खानालाउन नदिएका घटना ४०, नागरिकता र विवाह दर्ता नपाएका उजुरी ९ वटा परेका थिए । विगतका बर्षका तुलनामा जिल्लामा मापसे, झैझगडा लगायतका घटनामा कमि आएको देखिएता पनि जिल्लामा बेचविखन, बालविवाहको कलंक, बहुविवाह, महिला हिंसाका घटना भने अझै पनि नघटेको तथ्याङकले देखाएको इन्सेक प्रतिनिधी किशोर सापकोटाले बताए ।
प्रमुख जिल्ला अधिकारी सम्भू मरासिनीले जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनको लागि आफुले पहल गर्ने बताए । उनले जिल्लामा कुनै पनि अप्रिय घटना नभएको भन्दै जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनको लागि संयन्त्रहरु परिचालन गरी थप शसक्त बनाउने बताए ।
सोही कार्यक्रममा श्रीमान दोस्रो विवाह गरेपछि ६ वटा सन्तानकी आमाले ११ बर्षसम्म न्याय नपाएको भन्दै कार्यक्रममा गुनासो गरिन् । बार एसोसिएशनका अध्यक्ष विश्वराज पाण्डेले जिल्लामा मानवअधिकारका घटनाहरुमा कमी नआएको औलाए । कार्यक्रममा अधिवक्ता दिलिपराज शर्मा, जगदीश शर्मा, हरि नारायण, उपभोक्ता मंचकी अध्यक्ष सरिता भण्डारी शरु, महिला मानवअधिकार रक्षकहरुको संजालकी अध्यक्ष सिता केसी लगाएतले जिल्लामा अझै पनि महिला तथा मानवअधिकार सम्बन्धी घटनाहरु नहटेको बताए । उनीहरुल्े जिल्लामा भएका घटनाहरुको सत्यतथ्य तथ्याङक राख्नको लागि समेत सुझाए । नागरिक संजाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक सञ्जालका सचिब यज्ञ अधिकारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ