लेखामा उजुरीको चाङ, सभापति चयन भएन

लेखामा उजुरीको चाङ, सभापति चयन भएन

२ पुस । संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन्

लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका धेरै सार्वजनिक महत्वका घटनाक्रम बढेको अवस्थामा समिति नेतृत्वविहीन भएको भन्दै चाँडोभन्दा चाँडो सभापति चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।
समिति सदस्य रामहरि खतिवडासहित सांसदहरू दिलनाथ गिरी, मीना पुनलगायतले सभापति चयन प्रक्रियाका लागि सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका हुन् ।

तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री बन्नुभएपछि समिति सभापतिविहीन छ । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले चार महिनादेखि नेतृत्व पाउन सकेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । चार महिनायता नयाँ उजुरी पनि दर्ता भएका छैनन् ।

ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो ।

ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो । गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’