नेपाल-भारत प्रबुद्ध बैठक रद्द

नेपाल-भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ। पुस ६–७ पोखरामा निर्धारित उक्त बैठक भारतीय पक्षको आग्रहपछि हालका लागि रद्द भएको आधिकारिक स्रोतले बताएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

भारतको उत्तरप्रदेशमा यसै महिना हुने निर्वाचनमा भारतीय प्रबुद्ध समूहका प्रमुख भाजपाका नेता भगतसिंह कोसियारी सहभागी हुनुपर्ने भएकाले निर्धारित बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएपछि बैठक रद्द भएको हो।

भारतीय पक्षले अर्को वैकल्पिक मिति अनुकूल समयमा तोक्ने बताएको छ। एक वर्षअघि गठित उक्त समूहको परिचयात्मक बैठक जुलाई पहिलो साता काठमाडौंमा भएको थियो भने त्यसपछिको बैठक दिल्लीमा भएको थियो।

आलोपालो दुई मुलुकमा गरिने उक्त बैठक नेपालले पोखरामा आयोजना गर्ने निर्णय गरे पनि अन्तिम समयमा भारतीय पक्षले राजनीतिक कारण देखाई सहभागितामा असमर्थता जनाएपछि रद्द गरिएको हो।

प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद डा. राजन भट्टराई र कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य छन् भने भारतीय पक्षबाट समूहको संयोजकमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकहरू बीसी उप्रेती, महेन्द्र लामा र पूर्वराजदूत जयन्त प्रसाद सदस्य छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’